मंगलवार, श्रावण १९,२०८३ 02:06:31
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:06:31
Bizshala
Global IME Bank Limited

एनसेल फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेल फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
New Office

काठमाण्डौ । एनसेल फाउन्डेशनले निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुअन्तर्गत फाउन्डेशनले सोमबार कपिलवस्तु नगरपालिका–९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्शलगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।  

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न सहयोग गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।

यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै, एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.