काठमाण्डौ । आईपीको निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्म लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ साधारण सभा डाकेको हो ।
सभा कात्तिक १४ गते तनहुँमा मा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका वार्षिक प्रतिवेदनलगायतका अन्य आर्थिक विवरणहरु पारित गरिनेछ । यस्तै सञ्चालकको नियुक्ती र अनुमोदन समेत गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको गत जेठ १ गते सम्पन्न भएको विशेष साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।