बिहीबार, चैत्र २१,२०८१ 03:15:11
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:15:11
IME remit
Global IME Bank Limited

मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !

Hyundai Nepal
मुम्बई एयरपोर्टमा कुकुरले गर्छ मानिसको उपचार !
Nabil Bank Limited

एजेन्सी । सबैभन्दा वफादार प्राणी मानिन्छ कुकुर । यसको भूमिका यतिमा मात्र सीमित छैन । कुकुरलाई अनेक तालिम दिएर अनेकन काममा प्रयोग गरिएको हुन्छ । कुकुरलाई अपराध अनुसन्धानमा प्रयोग गर्ने चलन समेत विश्वका धेरै मुलुकमा छ । भारतको मुम्बई एयरपोर्टमा २४ सै घण्टा तैनाथ कुकुरहरुको भूमिका चाहि केही फरक छ । त्यहाँ राखिएका कुकुरहरुले एयरपोर्टमा पुग्ने सर्वसाधारण यात्रुहरुको उपचार गर्छन ।  

अन्य देशका एयरपोर्टहरुमा समेत कुकुरहरुको तैनाथी हुन्छ, तर त्यहाँको उद्देश्य विभिन्न ठाउँबाट आउने÷जाने यात्रीहरुको झोलामा कुनै संदिग्ध वस्तु पो छ कि भनेर चेकजाँच गर्ने हो । तर मुम्बई एयरपोर्टका तीनवटा कुकुरको भूमिका यो भन्दा बिल्कुल फरक छ । 

Shivam Cement
Bizshala
CG Motors

तपाई अचम्म नमान्नुहोस्, यहाँका यी कुकुरले लामो यात्राका कारण थाकेका यात्रीहरुको थकान मेट्नका लागि विशेष ढंगले उपचार गरिदिन्छन् ।  

भारतकै व्यस्त एयरपोर्टमध्येको एक मुम्बई एयरपोर्टमा दैनिक हजारौं यात्रीहरुको आवतजावत हुन्छ । यस्तो भीडमै भए पनि तीन कुकुरहरुले यात्रीहरुको थकान मेट्ने काम गरिदिन्छन ।  

कतिपय यात्रीहरुलाई आफ्नो यात्रालाई लिएर चिन्ता गर्ने र पीर लिने बानी हुन्छ, त्यस्ता यात्रीहरुका लागि तीनवटा कुकुरले सहयोग गर्छन र उनीहरुको यस्तो चिन्ता समेत हटाइदिन्छन ।  

यो अनौठो सुरुवातले निकै राम्रो परिणाम दिइरहेको अधिकारीहरुले बताएका छन् । स्कटल्याण्डकी लुइसले हुन् या भारतीय यात्री रुनाले, यी दुवैले कुकुर देख्नेबित्तिकै नजिकै आए र उनीहरुसँग निकै लामो समय खेल्दै बिताए । ५ पटकसम्म यिनकै कुकुरहरुसँग आएर समय बिताएका एक स्वामीले भनेका छन् कि टीठलाग्दो लाइनमा बस्नुको साटो त्यो समयमा यी वफादार जनावरसँग खेल्नुको मज्जा बेग्लै हुन्छ । यी कुकुरहरु थेराप्यूटिक कुकुर हुन् । यिनीहरुको नाम क्रमशः गोल्डी, पेपे र साइन हो । पुणेको एनिमल एञ्जल नामको कम्पनीले विशेष प्रकारको तालिम दिएर यी कुकुरहरुलाई एयरपोर्ट पठाएको हो । कम्पनीका संचालक मिनल कविश्वरले यी कुकुरहरुलाई यात्रीहरुको तनाव हटाउने गरी उनीहरुसँग खेल्नका लागि विशेष तालिम दिइएको हुन्छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शुक्रबारदेखि बिहीबारसम्म हरेक बिहान ७ बजेदेखि राति १ बजेसम्म एयरपोर्टमा तैनाथ यी कुकुरहरुको रेखदेखमा खटिएका आकाश लोणकरका अनुसार कुकुरहरुलाई एकवर्षसम्म तालिम दिएर तयार पारिएको हो । तालिमको क्रममा यी कुकुरहरुलाई कयौं अपरिचित व्यक्तिहरुसँग भेट गराइएको थियो, यसको उद्देश्य थियो कुनै पनि नयाँ मानिस भेट्दा यी कुकुर नअत्तालिउन र नभूकुन् । त्यसो त कतिपटक बच्चाहरुले कुकुरलाई गलत ढंगले पक्रिदिन्छन, त्यसबेला समेत यी तीन कुकुर भुक्नुको साटो आफूलाई बच्चाको व्यवहारले हैरानी भइरहेको विशेष ढंगले संकेत दिने गरेका आकाशको दाबी छ । 

एयरपोर्टमा हजारौंको संख्यामा मानिसको आवतजावत हुँदा ३ वटा कुकुरमा निकै ठूलो दवाब पर्ने गर्छ । वन्यजन्तुविज्ञ हितेश साल्वेका अनुसार एयरपोर्टमा तैनाथ कुकुर गोल्डेन रेट्रीवर प्रजातिको हो, यो प्रजाति मानिससँग घूलमिल हुन निकै माहिर हुन्छ ।  

फिल्महरुमा जनावरलाई तालिम दिने कार्यमा लामो समयदेखि सक्रिय जावेद खानका अनुसार यो प्रजातिको कुकुर खानलाई मात्र होइन, अरुबाट पाउने मायाका लागि समेत भोको हुन्छ । यो प्रजातिको कुकुरका लागि मानिसको साथ निकै राम्रो हो र एयरपोर्टमा हुने दवाब उनीहरुका लागि चिन्ताको विषय होेइन । उनका अनुसार एयरपोर्टमा भएको यो नौलो पहलबाट मानिसको मनमा कुकुरप्रतिको डरको भाव समेत हटाउन मद्धत हुन्छ ।  

यात्रीहरुको सहुलियतलाई मध्यनजर गरी यी तीन कुकुरलाई यस्तो ठाउँमा राख्ने व्यवस्था गरिएको छ, जहाँ कुकुर मन पराउनेहरु सजिलै पुगेर खेलून् र कुकुर मन नपराउनेहरुले यिनीहरुको कुनै डिस्टर्व महसुस गर्न नपरोस् ।  

(बीबीसीबाट भावानुवाद)

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.