बिहीबार, असार १२,२०८२ 04:57:47
  • बिहीबार, असार १२,२०८२ 04:57:47
Global IME Bank Limited

यस्तो छ विश्वका चर्चित अर्बपतिको धनी बन्ने सूत्र

Hyundai Nepal
यस्तो छ विश्वका चर्चित अर्बपतिको धनी बन्ने सूत्र
Nabil Bank Limited

काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका हुन्छन् । यी व्यक्तिलाई कमाउनका लागि विभिन्न देशको सीमा नियमले समेत छेक्दैन । यी व्यक्तिहरुले सेयर बजारमै लगानी गरेर पनि अरबौंको साम्राज्य तयार गरिसकेका छन् । हामी आज तपाईंलाई विश्वका यस्तै १० टप र सफल लगानीकर्ताको सफलताको मन्त्र बताउन गइरहेका छौ, जसलाई मनन् गरेर तपाईंले पनि धेरै कमाउन सक्नुहुन्छ ।

कसको मन्त्र के ?

वारेन वफे :औसत मूल्यमा सही कम्पनी खरीद गर्नुभन्दा सही मूल्यमा राम्रो कम्पनी खरीद गर्नु बुद्धिमानी हो ।

CG Motors
Muktinath Bikas Bank Limited

कार्लोस स्मिल : यदि कहीँ गरीबी छ भने बुुझ्नुहोस् त्यहाँ अगाडि बढ्ने र लगानी गर्ने मौका रहेछ।  

जर्ज सोरोस : गल्ती गर्नु मानवीय कमजोरी र स्वभाविक हो । तर यसको तुलनामा गल्तीलाई दूर गर्न असक्षम रहनु चाहि लाजमर्दो बिषय हो ।  

रोनाल्ड पर्लेमेन : चौतर्फी अवसर हुन्छ । म मान्दिँन कि जे पनि भाग्यले हुन्छ भनेर ।  

बिल ग्रान्स :यदि तपाईंलाई कुनै सेयर राम्रो लाग्छ भने त्यसमा बढीमा १० प्रतिशत मात्र लगानी गर्नुपर्छ ।  

प्रिन्स अलवलीद बिन तलाल : मलाई घाटा भइरहेको छ, तर चिन्ता छैन, कारण म एक लङ टर्म इन्भेष्टर हुँ ।  

कार्ल इकान : तपाईंले विजिनेशमा धेरै सिक्नुहुन्छ । यो क्षेत्रमा राम्रो साथी चाहिन्छ भने कुकुर पाल्नुहोस् ।  

पिटर लिञ्च : सेयरमा पैसा कमाउने एउटै मन्त्र हो, योबाट नभाग्नुहोस् ।  

राकेश झुनझुनवाला : सित्तैमा दिइने सल्लाहबाट ठूलो रकम कमाउन सकिन्न ।  

जोन सी बोग्ल : लगानी गर्न उति गाह्रो छैन, जति देखिन्छ । सही काम गर्नुहोस् र गम्भीर गल्तीबाट बच्नुहोस् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.