काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।
बैंकको सप्तरी जिल्ला, बलान–बिहुल गाउँपालिका–०२ स्थित शाखा कार्यालय साविक स्थानबाट सँगै पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ ।
उक्त शाखा मंसिर ९ गते स्थानान्तरण हुन लागेको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।