आईतवार, फाल्गुन ११,२०८१ 04:09:18
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:09:18
IME remit
Global IME Bank Limited

टिभिएसको ईभी स्कुटर ‘आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट’ सार्वजनिक, मूल्य कति ?

Hyundai Nepal
टिभिएसको ईभी स्कुटर ‘आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट’ सार्वजनिक, मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।

२.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीका अनुसार टिभिएस आईक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता। पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

उक्त लञ्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, ‘नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।’

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने, ‘टिभिएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाने ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं । नेपाली ग्राहकवर्गका लागि दुई पाने ईभी अक पहुँचयोग्य भएको छ ।’

नयाँ टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ ।

–टिभिएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्टका मुख्य विशेषताहरुः

ब्याट्री क्षमता (२.२ किलोवाट आवर

–चार्जर–९५० वाट

–५ इन्चको रंगीन टिएफटी स्क्रीन

–सबैभन्दा फास्ट चार्जिङ ( २ घण्टा (० –८० प्रतिशत) सवारी दुर्घटना तथा टो अलर्ट टर्न(बाइ(टर्न नेभिगेशन डिस्ट्यान्स टु एम्प्टी

–३० लिटरको अन्डर सीट स्टोरेज

–७५ किमी प्रतिघण्टाको टप स्पिड

–उपलब्ध कलरहरूः वालनट ब्राउन र पर्ल ह्वाइट

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.