बुधबार, माघ २३,२०८१ 05:42:46
IME remit
  • बुधबार, माघ २३,२०८१ 05:42:46
IME remit
Global IME Bank Limited

२७ लघुवित्तको खराब कर्जा सीमाबाहिर, १९ संस्थाले ब्यहोरे घाटा, इपीएस कुनको कति ?

Hyundai Nepal
२७ लघुवित्तको खराब कर्जा सीमाबाहिर, १९ संस्थाले ब्यहोरे घाटा, इपीएस कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० वटा लघुवित्त संस्था सूचीकृत छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३१ वटा संस्था मात्रै नाफामा उक्लिएका छन् भने १९ वटा संस्था घाटामा छन् ।  

नाफा कमाएका ३१ वटा संस्थामा पनि २१ वटाको मात्रै नाफा गत आवको तुलनामा बढेको देखिन्छ भने १० वटाको नाफा गत आवको तुलनामा खस्किएको छ । लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानीमा सुधार देखिएपनि करिब दुई दर्जन संस्थाले भने नाफा बढाउन सकेका छैनन् ।  

चालु आवको पहिलो त्रैमाससम्म संस्थाहरुले औसतमा ५३ करोड २८ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् । जुन यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ९.३० प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म संस्थाहरुले औसतमा ५८ करोड ७५ लाख ३४ हजार रुपैयाँ नाफा कमाएका थिए ।  

कात्तिक महिनासम्ममा लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानी दोहोरो अंकमा बृद्धि भएपनि खराब कर्जा नियन्त्रण नहुँदा संस्थाहरुको नाफा प्रभावित बन्न पुगेको हो । लघुवित्त संस्थाहरुले प्रोभिजन लगायतका अन्य शिर्षकहरुमा ठूलो रकम छुट्याउनुपर्ने प्रावधानले गर्दा पनि नाफा बढ्न नसकेको हो ।  

पहिलो त्रैमाससम्म अधिकांश लघुवित्तको खराब कर्जा नियन्त्रणभन्दा बाहिर देखिएको छ । दुई दर्जन भन्दा बढी संस्थाको खराब कर्जा अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि छ । यसकारण पनि लघुवित्तको समग्र नाफा बढ्न नसक्नुको म्ख्य कारण हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कुनले कति कमाए नाफा ?  

पहिलो त्रैमासम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा साना किसान लघुवित्त संस्था रहेको छ । संस्थाले ३२ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको पहिलो त्रैमाससम्मको तुलनामा २।४६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म साना किसानले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, छिमेक लघुवित्तले २३ करोड ७४ लाख, नेशनल लघुवित्तले १० करोड ४७ लाख, जीवन विकासले ९ करोड ९३ लाख, ग्रामिण विकासले ८ करोड ७९ लाख, डिप्रोक्सले ६ करोड ७९ लाख, स्वाबलम्बनले ६ करोड ७४ लाख, फरवार्डले ४ करोड १६ लाख, ग्लोबल आइएमईले ४ करोड ४ लाख, स्वरोजगारले ३ करोड ६८ लाख, फर्स्ट माइक्रोफाइनान्सले ३ करोड १० लाख, आरएसडीसीले २ करोड ६० लाख र श्रृजनशील लघुवि त्तले २ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा भने हिमालयन लघुवित्त रहेको छ । लघुवित्तले ११४३ प्रतिशतले नाफा बढाएको छ । पहिलो त्रैमाससम्म १९ वटा संस्था भने घाटामा रहेका छन् । सबैभन्दा धेरै नेरुडे मिर्मिरे लघुवित्तले २६ करोड ११ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

२७ वटा लघुवित्तको खराब कर्जा सीमाबाहिर  

२७ वटा लघुवित्त संस्थाको खराब कर्जा अनुपात (एनपीएल) नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै छ । अधिकांश लघुवित्त संस्थाहरु खराब कर्जासँग जुधिरहेका छन् । यसकारण पनि संस्थाहरुको आम्दानी बढ्न नसकेर नाफा प्रभावित बन्न पुगेको हो ।  

हाल सूचीकृत ५० वटा संस्थामध्ये २७ को खराब कर्जा ५ प्रतिशत भन्दा बढी छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढीमा ५ प्रतिशतसम्म मात्रै भएमा उक्त संस्था वित्तीय अवस्था मध्यम जोखिम रहनेछ ।  

तर बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी भएमा उक्त संस्था जोखिम अवस्थामा रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसर्थ २७ वटा संस्थाको खराब कर्जा सम्बन्धित संस्थाले थेग्न सक्ने क्षमता भन्दा बढी रहेको देखिन्छ ।  

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै एनपीएल एनआइसी एशिया लघुवित्तको रहेको छ । संस्थाको यस्तो सूचक १८।६८ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा ७।४६ अंकले बृद्धि भएको देखिन्छ ।  

त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तको १६.१४ प्रतिशत, युनिक नेपाल लघुवित्तको १५.७९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १४.४३ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको १३.३० प्रतिशत, मातृभूमि लघुवित्तको १२.४० प्रतिशत, इन्फिनिटीको ११.३५ प्रतिशत, स्वाबलम्बनको १०.९७ प्रतिशत, नाडेपको १०.५१ प्रतिशत, निर्धन उत्थानको १०.१६ प्रतिशत, बिजयको ९.५७ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ९.३९ प्रतिशत, डिप्रोक्स लघुवित्तको ९.०१ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ८.६३ प्रतिशत रहेको छ ।  

गत आवको पहिलो त्रैमासको तुलनामा सबैभन्दा धेरै एनपीएलको अवस्था बढ्ने संस्थामा नेरुडे मिर्मिरे लघुवित्त रहेको छ । संस्थाको यस्तो सूचक १०.६२ अंकले बृद्धि भएको छ । गत आवको तुलनामा खराब कर्जा अनुपात ३० वटा संस्थाको बढेको देखिएको छ भने २० वटा संस्थाको भने घटेको देखिएको छ ।  

Muktinath Bikas Bank Limited

इपीएस कुनको कति ?  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।

यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । गत आवको तुलनामा जम्मा १५ वटा लघुवित्तको मात्रै इपीएस बढेको देखिएको छ ।  

३२ वटा संस्थाको इपीएसको अवस्था धनात्मक रहेको छ भने १७ वटा लघुवित्तको इपीएसको अवस्था ऋणात्मक रहेको छ ।  

लघुवित्त संस्थाहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (वार्षिकीकरण) श्रृजनशील लघुवित्तको रहेको छ । संस्थाको इपीएस ८७.४९ रुपैयाँ छ । गत आवको यस अवधिसम्म भने संस्थाको इपीएस २९४.४५ रुपैयाँ ऋणात्मक रहेको थियो ।  

त्यस्तै, महिला लघुवित्तको ४२.९२ रुपैयाँ, नेशनल लघुवित्तको ३५.२९ रुपैयाँ, गुराँस लघुवित्तको ३५.०९ रुपैयाँ, साना किसान विकास लघुवित्तको ३३.८२ रुपैयाँ, छिमेक लघुवित्तको ३१.९१ रुपैयाँ, जीवन विकास लघुवित्तको २९.५० रुपैयाँ, समता घरेलु लघुवित्तको २९.३२ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको २६.१६ रुपैयाँ, आरम्भ चौतारी लघुवित्तको २३.४४ रुपैयाँ र स्वरोजगार लघुवित्तको २१.९५ रुपैयाँ रहेको छ ।  

सो अवधिसम्ममा सबैभन्दा इपीएस ऋणात्मक हुनेमा नेरुडे मिर्मिरे लघुवित्त रहेको छ । संस्थाको इपीएस ७४.७३ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, विन नेपाल लघुवित्तको पनि ७०.३५ रुपैयाँ ऋणात्मक रहेको छ । 

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.