लक्ष्मी बैंकको नेतृत्वमा तीन बैंकले सुपर बागमती हाइड्रोपावरमा रु. ६.९ अर्ब लगानी गर्ने
काठमाण्डौ । लक्ष्मी सन्राईज बैंक लिमीटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमीटेडबीच लगानी सम्झौता भएको छ । सुपर बागमती हाइड्रोपावरले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो ।

