आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । बुधबार सेयरबजारमा ६ अर्ब ३५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।

