आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्नेभन्दा बेच्ने धेरै
काठमाण्डौ । सोमबार सेयरबजारमा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।

