इन्ट्रा-डे र सर्ट सेलिङले बजार सुधार्छन् मात्रै होइन, ढङ्ग पुगेन भने ध्वस्त पनि बनाउन सक्छन् !
काठमाण्डौ । नेपाली पूँजीबजारमा इन्ट्रा–डे कारोबार र सर्ट सेलिङ सुरु गर्ने तयारी तीव्र बनेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमै यी उपकरण सञ्चालन गर्ने घोषणा गरिएको छ भने नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्से र सीडीएससीलाई आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत तयारी अघि बढाउन निर्देशन दिइसकेको छ।सेबोनले नियामकीय सर्कुलरको मस्यौदा तयार पारिरहेको र सरोकारवालाको सुझावका लागि...

