आजका शीर्ष १० ब्रोकरमध्ये कुन ब्रोकरबाट भयो कतिको खरिदबिक्री ?
काठमाण्डौ । आज सेयर बजारमा ७ अर्ब ८५ करोड बढीको सेयर कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट खरिद भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ५५ लाख रुपैयाँबराबरको खरिद र ४५ करोड ७६ लाख रुपैयाँको बिक्री भएको छ ।

