ठूला लगानीकर्ताको अनुशरण गरेर सेयर कारोबार गर्दा सावधानी अपनाउन नेप्सेको सुझाव
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ठूला लगानीकर्ताको अनुशरण गरेर सेयर कारोबार गर्दा सावधानी अपनाउन सूचित गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो । नेप्सेले ठूला लगानीकर्ता वा अनुभवी लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउन भनेको छ ।

