५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिमक कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र व्यापार समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा...

