एनएलजी र हिमालयन एभरेष्टको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ लाख ६५ हजार ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ३.७१ प्रतिशत र...

