शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट बिक्री, ३ वटाबाट मात्रै खरिद
काठमाण्डौ । आज बजार र सूचक बढ्दा पनि शीर्ष १० ब्रोकरहरुमा धेरै जस्तो ब्रोकरबाट बिक्री दबाब परेको छ । आज लिञ्च सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड ८२ लाखको खरिद भएको छ भने ४१ करोड ७४ लाखको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने ३० करोड ४० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन...

