भारतको सेयर बजार निरन्तर ओरालो लाग्दै, हङकङ र जापानको भने वृद्धि
काठमाण्डौ । भारतको सेयर बजारको गिरावट आज पनि जारी रहेको छ । आज सेन्सेक्स इन्डेक्स ८०८ अंकले घटेर ८१ हजार ६८८ विन्दुमा सीमित बनेको छ । यस्तै निफ्टी५० पनि २०० अंकले घटेर २५ हजार ४९ विन्दुमा झरेको छ । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २१ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज निफ्टीका ५० वटा कम्पनीमध्ये ३७ वटाको सेयरमूल्य घट्यो भने १३ वटाको बढ्यो ।

