सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

