मोलुङ हाईड्रोपावर ३१.४०% ले घाटा कम गर्न सफल, कस्तो छ अन्य सूचकको अवस्था
काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेड ३१.४० प्रतिशतले घाटा कम गर्न सफल भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा २ करोड ६५ लाख रुपैयाँ घाटा व्यहोरकेको कम्पनीले उक्त घाटालाई चालु आवको समीक्षा अवधिसम्ममा १ करोड ८१ लाख रुपैयाँमा झार्न सफल भएको हो । घाटा कम गर्न सफल भएपनि कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ३१ लाख रुपैयाँ...

