आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च मात्रामा बिक्री भएको छ भने ५ वटाबाट उच्च खरिद भएको छ । नासा सेक्युरिटिजबाट आज पनि उच्च बिक्री भएको छ । यस ब्रोकरबाट आज १ अर्ब २१ करोडको खरिद करिब १ अर्ब ४३ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिब १ अर्व २२ करोडको खरिद र ८० करोडको बिक्री भएको छ ।

