शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट खरिद र २ वटाबाट बिक्री, कसले उठायो शिवमको सेयर ?
काठमाण्डौ । आज पनि दोस्रो बजारमा २० अर्ब माथिको कारोबार भयो । यो भनेको पछिल्लो समयको औषत कारोबार भन्दा बढी नै हो । कारोबार तथा भोल्युमको आधारमा बजार बलियो नै रहेको छ । आजका शीर्ष १० ब्रोकरमा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ । उच्च खरिद गर्नेमा आज पनि नासा सेक्यूरिटिजले पहिलो स्थानमा रहेको छ । यस ब्रोकरबाट आज एक अर्ब ३० करोडको खरिद भएको छ...

