बजारमा उच्च करेक्सन भएकै दिन बने ३ नयाँ रेकर्ड !
काठमाण्डौ । मंगलबार उच्च अंकले करेक्सन भएको बजारमा तीनवटा नयाँ रेकर्ड बनेका छन् । बजार घट्दा समेत नेप्सेमा भने तीनवटा पोजिटिभ रेकर्ड बनेका हुन् । यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन ।

