सिटिजन्स क्यापिटलको अध्यक्ष बने राजेन्द्रलाल, सञ्चालकको रुपमा भित्रिए नारायणराज
काठमाण्डौ । सिटिजन्स क्यापिटल लिमीटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । क्यापिटलको मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फबाट मनोनित भई अध्यक्षको रुपमा कार्यरत पारसकुमार काफ्लेको निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा असार १३ गते बसेको संस्थाको १२५ औं संचालक समितिको बैठकले संचालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

