जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट
काठमाण्डौ । जापानको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो दिन घटेको जापानको सेयर बजारमा आज पनि व्यापक गिरावट आएको छ । निक्की२२५ आज ५ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३६ हजार ३०० अंकमा सीमित बनेको छ । यो गिरावट गत फेब्रुअरी पछिकै उच्च हो । बिहिबार पनि निक्की२२५ २.६२ प्रतिशतले घटेको थियो ।

