यसपाली पनि लगानीकर्ताको दशैं खल्लो हुने संकेत, अधिकांश घाटामा सेयर बेच्दै
काठमाण्डौ । यसपाली पनि सेयर लगानीकर्ताहरुको दशैं खल्लो हुने करिब निश्चित भएको छ । विगत ३ वर्षदेखि वियरिस यात्रामा चलको सेयर बजार नयाँ सत्ता समिकरणसँगै विष्णु पौडेल अर्थमन्त्री भएपछि एक हजार अंकले बढेको थियो । तर त्यो बढोत्तरी धेरै लामो समय भने टिक्न सकेन । गत भदौ २ गतेबाट ३ हजार विन्दुबाट ओरालो लाग्न थालेको नेप्सेको ओरालो यात्रा जारी नै छ । यसरी बजार एकाएक घट्दा पछिल्लो समय...

