‘कुमारी सबल योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २८ गतेदेखि सार्वजनिक निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचअल फण्डको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

