ट्रेडर हाबी बन्दा सेयरबजारमा सामान्य गिरावट, माथि लाग्नेमा विज्ञ आशावादी
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.१७ अंकले घटेर २ हजार ५६६.१६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५ अर्ब...

