सेबोन कर्मचारीको आन्दोलन अराजक बन्दै, आफ्ना लागि अदालत नगएपछि बोर्ड अध्यक्षको राजीनामा माग
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुको आन्दोलन थप उग्र बनेको छ । तिहारअघि लगानीकर्ताको एउटा समूहसँग साँठगाँठ गरी आफ्नै अध्यक्ष र केही सञ्चालकहरुलाई सुनियोजित ढंगले बैठक कक्षमा अबेर रातिसम्म थुनेका सेबोनका कर्मचारीहरुमाथि अर्थ मन्त्रालयले एक्सन नलिँदा उनीहरुको मनोबल बढ्दै गएको देखिएको छ । फलस्वरुप अर्थ मन्त्रालयले पठाएको...

