आईतवार, कार्तिक १,२०८३ 03:41:02
  • आईतवार, कार्तिक १,२०८३ 03:41:02
Global IME Bank Limited

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव

Bizshala
हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १७ औं र १८ औं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी असार ४ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान १० बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।   

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.