तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले घटेको...

