लगातार दुईदिन बढ्यो नेप्से, कारोबार भने निरन्तर संकुचित हुँदै
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.५१ अंकले बढेर २ हजार ७७६.९० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४७७.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर ५ अर्ब...

