बुधबार, असार १७,२०८३ 10:39:08
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:39:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन डिस्टिलरीले आर्जन गर्यो ८५.१३ करोड नाफा, ईपीएस बढ्यो

Laxmi Sunrise Bank Limited
हिमालयन डिस्टिलरीले आर्जन गर्यो ८५.१३ करोड नाफा, ईपीएस बढ्यो

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको नाफा १५.१६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ८५ करोड १३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीको खुद बिक्री आम्दानी ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । यद्यपी कम्पनीको अन्य सञ्चालन आम्दानी भने घटेको छ । अन्य सञ्चालन आम्दानी ५ करोड ४० लाखबाट घटेर ४ करोड ४८ लाखमा सीमित बनेको छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको सञ्चालन मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको सञ्चालन मुनाफा ९८ करोड ६७ लाख रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा ८८ करोड ७६ लाख रहेको कम्पनीको रिजर्भ कोषको आकार बढेर १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.७३ रुपैयाँबाट बढेर ३०.७८ रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको पीई रेसियो ३७.९५ गुणा, प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ र तरलता अनुपात ५.०९ प्रतिशत रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.