सेयर बजार फेरि जाग्ने संकेत: सबै आधार तय, उकालो यात्रा अब केवल समयको कुरा !
TRENDING
काठमाण्डौ । जापानको सेयरबजारले पहिलोपटक ५० हजार विन्दुको आँकडा पार गरेको छ । आजको कारोबारमा निक्की२२५ इन्डेक्स २.२६ प्रतिशत अर्थात १ हजार २१२ अंकले बढेर ५० हजार ५१२ विन्दुमा पुगेको छ । नवनियुक्त प्रधानमन्त्री सानाए ताकाइचीको आर्थिक वृद्धिको नीतिले सेयरबजारमा सकारात्मक माहोल बनेका कारण वृद्धि देखिएको जनाइएको छ । बजारमा लगानीकर्तामाझ सरकारले ९२.२ बिलियन डलरबराबरको...
काठमाण्डौ । दशैं र तिहारअघि नै बाँडफाँड भइसकेका ७ कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन बाँकी छ । जसमा दरमखोला हाइड्रो इनर्जी, माविलुङ इनर्जी, बन्दीपुर केबलकार, बुङ्गल हाइड्रो, झापा इनर्जी र सागर डिष्टिलरी रहेका छन् । नेप्सेका कर्मचारी लामो समयदेखि आन्दोलनरत हुँदा ७ कम्पनीको सेयर सूचीकृत हुन ढिलाई भएको हो । कर्मचारीहरुले बोनसको विषय र नेप्सेका सीईओ र...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
-सुदर्शन शर्मा काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत नेपाल पुनर्बीमा कम्पनी (NRIC) को सेयर मूल्य पछिल्ला दिनहरूमा स्थिर रहँदै हल्का सुधारको संकेत देखिएको छ। प्राविधिक विश्लेषणका आधारमा, हाल बजारमा कम्पनीको सेयर सर्टटर्म रिबाउन्डको तयारीमा देखिए पनि समग्र ट्रेन्ड अझै बियरिस नै छ।
काठमाण्डौ । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडले दोस्रो वार्षिक साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ४ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा २ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा सुरु हुन लागेको ‘हिँड काठमाडौं’ संघर्ष अभियानको तयारी तीव्र बनेको छ। लगातार घट्दो बजार र नीतिगत सुधारको अभावप्रति असन्तुष्टि जनाउँदै अग्रवाल नेतृत्वको समूहले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १८ बुँदे माग प्रस्तुत गरिसकेको छ।
-सुदर्शन शर्मा काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर गिरावटपछि आजको कारोबारमा स–साना खरिद दबाब देखिँदै हल्का हरियो क्यान्डलमा बन्द भएको छ। बजारमा लामो समयदेखि जारी बिक्री दबाबबीच आजको क्यान्डलले ‘रिभर्सल’ अर्थात् बिस्तारै बजार तलको बिन्दुमा पुग्दै पुनः फर्कने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
काठमाण्डौ । नियमित आइतबारको स्तम्भ ‘ग्राउण्ड जिरो’अन्तर्गत आज हामीले तिहारपछिको पहिलो कारोबार दिनमा अनामनगर क्षेत्रका केही ब्रोकर हाउसहरूको अवस्था अवलोकन गर्यौं। बजार खुलेको केही घण्टामै नेप्से परिसूचक दोहोरो अंकले घटिसकेको थियो र अधिकांश ब्रोकर हाउस सुनसान देखिन्थे।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् तिहारपछिको पहिलो कारोबार दिन सेयबरजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७३ प्रतिशत र...
काठमाण्डौ । तिहारको बिदापछि पहिलोपटक खुलेको सेयरबजार आज सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.१९ अंकले बढेर २ हजार ५०९.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४३७. विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारी विगत ३४ दिनदेखि आन्दोलनमा छन्। बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजिनामा माग राख्दै उनीहरू आन्दोलनमा छन् । यद्यपी उनीहरुले कार्यालयले दिने सेवा प्रवाह सुचारु नै राखेका छन् । नेप्सेका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो । आयोगले कम्पनीलाई चुक्तापूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । भोलि छठ पर्वको सार्वजनिक बिदा परेका कारण सेयर...
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल(ह्यात होटल) जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको घटनाको प्रतिक्रिया सेयर बजारले समेत देखाएको छ । आइतबार कारोबार खुलेको केही मिनेटमै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
काठमाण्डौ । शिवश्रि हाइड्रोपावरले निश्कासन गरेको हकप्रद सेयर नबिकेपछि ठूलो परिमाण अक्सनमा ल्याइएको छ । यो हाइड्रोपावर कम्पनीले २०८२ भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । तर सबैले आवेदन नदिएपछि सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद अक्सनमा ल्याइएको हो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिन अन्तिम दिन आज रहेको छ । हाल दोश्रो बजारमा ७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको यो बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गरेको थियो । निश्कासित सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ।
काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत केही कम्पनी अनिश्चितकालका लागि बन्द भएका छन् । जेनजी आन्दोलनका कारण नेप्सेको होटल तथा पर्यटन समूहमा सूचिकृत दुई कम्पनी तारागाउँ रिजेन्सी होटल(हायात होटल) र चन्द्रागिरी केवलकार अनिश्चितकालका लागि बन्द भएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.