एनआईसी एशिया बैंकका ग्राहकले हिमालय दृष्य रिसोर्टमा १०% छुट पाउने
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुले धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

