एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाण्डौबीच साझेदारी
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाण्डौ होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाण्डौ होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाई अझ किफायती र सहज हुनेछ ।

