‘एक युवा, एक विरुवा’ अभियानको सुरुवात, ७ हजार ७ सय विरुवा रोपिने
काठमाण्डौ । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित ‘एक युवा, एक विरुवा’ अर्थात अभियानको औपचारिक सुरुवात भएको छ । नेपाल युवापरिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन(एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको...