टेलिकमले ल्यायो ‘संविधान दिवस अफर’, रु.४९ मै अनलिमिटेड डेटा
काठमाण्डौ । नेपाल टेलिकमले संविधान दिवस२०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुनेछ । यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

