निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य ०.५५ प्रतिशत अर्थात प्रतिऔंस १४.७३ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ डलर पुगेको छ ।