आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।...