सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, अब एक तोला किन्न डेढ लाख चाहिने
काठमाण्डौ । घरेलु बजारमा आज सुनको सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।