सुनको मूल्यमा उछाल आउँदै हालसम्मकै उच्च कायम, प्रतितोला कति पुग्यो ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेर अल टाइम हाईको उचाईमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।