सुनको मूल्य झण्डै २० डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.७९ प्रतिशत अर्थात प्रतिऔंस १९.३५ डलरले बढेको छ। यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ४१५.१९ डलर कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.९१ प्रतिशत अर्थात ०.२६ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २९.३६ डलर कायम भएको छ ।