घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।