सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।