ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १.११ प्रतिशत अर्थात २५.४६ डलरले घटेको हो । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २७२.१५ डलरमा सीमित भएको छ ।