नेप्सेको चार्टमा ‘डबल बटम प्याटर्न’ बन्दै, आगामी साता रिभर्सलको संकेत
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५८.०२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६२३.३८ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता समग्रमा ३४.१९ अंकले बजार घट्यो । अघिल्लो साता पनि बजार ६४.७१ अंकले घटेको थियो । यो साता ४...

