सूचक र कारोबारमा सुधारसँगै साताको अन्त्य, हाईड्रोमा देखियो आकर्षण
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १३.८९ अंकले बढेर २ हजार ७४८.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले बढेर ४८६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर १०...

