९ वटा बीमा कम्पनीको हकप्रद आउँदै, कसको कति ?
काठमाण्डो । पूँजी बढाउने प्रयोजनकै लागि ९ वटा बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये दुईले अनुमति पाइसकेका छन् । जसमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीले साधारण सभा समते आह्वान गरेका छन् । हकप्रदपछि दुबै कम्पनीको तोकेको पुँजी पुग्नेछ । एलआइसी नेपालले ८८.४५ प्रतिशत...

