सुनको मूल्य ६१ डलरले वृद्धि
काठमाण्डौ । सोमबार सुनको मूल्य १.२५ प्रतिशत अर्थात ६१ डलरले वृद्धि भई प्रतिऔंस ५ हजार १८ डलर पुगेको छ । यस्तै चाँदी पनि ५.२८ प्रतिशत अर्थात ४ डलरले बढेर प्रतिऔंस ८१ डलर कायम भएको छ ।यद्यपि, सुनको मूल्य अझै पनि जनवरी २९ मा पुगेको रेकर्ड उच्च ५ हजार ६०८.३५ डलर भन्दा ११ प्रतिशतले तल छ भने चाँदी पनि रेकर्ड स्तर १२१.६७ डलरको तुलनामा ५२ प्रतिशतले कम रहेको छ।

