साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । केन्द्रीय बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।

