बजारमा दोहोरो अंकको बढोत्तरी,‘अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिका कारण हरियाली’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२.१० अंक अर्थात १.०८ प्रतिशतले बढेर २०५२.६५ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१८ प्रतिशतले बढेर ३६४.५३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२...

